मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कृ’ रिलिज घोषणा, अनमोलको भिडन्त दयाहाङसँग

फिल्मीखबर, काठमाण्डौ, 2017/11/09
 
वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको अझै १५ दिनको छायांकन गर्न बाँकी रहँदै गर्दा निर्माता सुवास गिरीले ‘कृ’को प्रदर्शन मिति माघ २६ गतेलाई घोषणा गरेका छन् । बिहीवार आफ्नो आधिकारीक फेसबुकमार्फत उनले लेखेका छन्, ‘‘कृ’को अन्तिम सेड्युलको सुटिङ बिट मार्दै गरेको अवस्था । फिल्मको ट्रेलर यही मंसिरको पहिलो हप्ता आउनेछ ।  Kri is releasing on Magh 26.’
 
फ्लोरमा जानुअघि भाद्र १६, छायांकनको बखत भाद्र ८ र फस्ट लुक पोस्टर सार्वजनिक गर्दा कात्तिक ३ गतेलाई फिल्म ‘कृ’को रिलिज मिति घोषणा गरिएको थियो । तर, यी तीनवटै मितिबाट फिल्मको रिलिज पोस्टपोन्ड भएको थियो । निर्माता गिरीका अनुसार, अब माघ २६ बाट फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड हुने छैन । 
 
तपाईलाई जानकारी रहोस् कि यो मितिमा दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म 'कान्छी' पनि प्रदर्शनमा आउँदैछ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै 'कान्छी'को पहिलो गीत समेत सार्वजनिक भैसकेको छ । अनमोल र दयाको भिडन्त पक्का हुने भएपछि यतिबेला सिनेवृत तरंगीत बनेको छ । अब हेर्न यो बाँकी छ कि कसको पल्ला भारी हुने हो । 
 
युवा पुस्तामाझ सर्वाधिक लोकप्रिय नायक अनमोल केसीले ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएका थिए । फिल्ममा अनमोलले नव-नायिका आदिती बुढाथोकीसँग रोमान्स गरेका छन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृ’लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् भने सह-निर्माताको रुपमा श्री पराजुली छन् ।
 
‘कृ’मा अनमोल र आदितीका अलावा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् ।