Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोक्सी कुप्रथा विरुद्ध ‘अग्निदहन’ बन्यो, पोष्टर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/11/08
 
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा बनेको फिल्म ‘अग्निदहन’को फस्ट लुक पोष्टर र टीजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमका विच फिल्मको निर्माण टीमले टीजर र पोष्टर सार्वजनिक गरेको हो । नेपाली समाजमा विद्यमान रहेको बोक्सी प्रथालाई पूर्ण रुपले निर्मुल गर्ने उद्येश्यका साथ बनेको फिल्मले समाजमा सन्देश प्रवाह गर्ने प्रस्तुतकर्ता कोवित शरण उपाध्यायले बताए । 
 
‘अग्निदहन’लाई 'धौली' फेम निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवितशरण उपाध्यायको हो । नितान्त सामाजिक कथावस्तुमा निर्माण गरिएको फिल्मले समाजमा व्याप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने निर्देशक लामिछाने बताए । 
 
 
फिल्ममा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुड, तुलसा क्षेत्री, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘अग्निदहन’मा दिर्घ गुरुङको छायांकन, जेशन कुवरको पाश्र्व संगीत, दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ । 
Most Visited News (monthly)