
नेपाली फिल्मबाट सन्यास लिएकी बोल्ड नायिका सुमिना घिमिरे मंगलवारबाट २७ वर्षमा लागेकी छिन् । 'छविलाल कन्जुस छैन' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी सुमिनाको पहिलो रिलिज फिल्म भने 'दुलही' थियो । यस फिल्मबाट उनले चार अवार्ड समेत हात पारेकी थिइन् ।
विमान चालक रोशन सापकोटासँग विवाह गरेपछि अहिले उनी घरगृहस्थीमै व्यस्त छिन् । लामो समयको प्रेमसम्बन्धलाई सुमिना र रोशनले बर्ष २०७१ मा विवाहमा परिणत गरेका थिए । त्यसपछि सुमिनालाई दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । लगातार आफू अभिनित फिल्महरु असफल हुन थालेपछि सुमिनाले बैबाहिक जीवनमा बाँधिनुको अरु विकल्प भेटिनन् । अहिले उनी एक छोरीकी आमा समेत भइसकेकी छिन् ।

स्वभाविकै हो, आमा बनेपछि महिलाहरुको तौल ह्वात्तै बढ्ने गर्छ । तर, अभिनेत्रीको हकमा भने उनीहरु आफ्नो शरीरलाई मेन्टन गरिरहेका हुन्छन् । रेखा थापा, झरना थापा, करिश्मा मानन्धर, मेलिना मानन्धर, रेजिना उप्रेती, अरुणीमा लम्साल, यूना उप्रेती लगायतका नेपाली अभिनेत्रीहरुले विवाहपछि पनि आफ्नो शरीरलाई मेन्टन गरिरहेका छन् ।
तर, सुमिनाको भने तौल निकै बढेको छ । हामीले प्रकाशन गरेका तश्वीरबाट पनि तपाईहरुले अनुमान लगाउन सक्नुहुन्छ । उनको बढ्दै गरेको तौलबाटै के प्रष्ट हुन भने सुमिनाले फिल्मी दुनियाँ भुल्दै गएकी छिन् ।
कुनै बेला आफ्नो अभिनय र हट दृश्यका कारण नेपाली फिल्ममा चर्चित बनेकी नायिका सुमिना विभिन्न खालका स्क्यान्डलका कारण पनि राम्रै चर्चामा आएकी थिइन् । ‘नाइन ओ क्लक, स्टार’ जस्ता फिल्ममा उनले दिएको हट दृश्यको अझै पनि चर्चा हुने गर्छ ।
.jpg)
उनले 'दुलही', 'डार्लिङ', 'रेन्ज', 'हेल्लो प्रकृत्ति', 'पापी रात', 'अप्रिल फूल', 'माई व्रदर', 'रंग बैजनी' लगायतका फिल्महरुमा काम गरिसकेकी छिन् । उनी अभिनित यी फिल्महरु मध्ये 'दुलही' भने हिट फिल्मको रुपमा गनिन्छ ।

