मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कल गल’ नीशाको ‘रोमियो’लाई सबैले हेर्न पाउने

फिल्मीखबर, काठमाण्डौ, 2017/11/08
 
कात्तिक २४ गते अर्थात्, यही शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘रोमियो’ ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । फिल्मलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने गरि सर्टिफिकेट फिल्मलाई दिएको छ । फिल्मको मंगलबार सेन्सर गरिएको हो ।  
 
हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु मुख्य भूमिकामा रहेको फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । फिल्म हेरिसकेपछि सेन्सरबाट पनि उत्कृष्ट  प्रतिक्रिया आएको भन्दै हसनले खुशी व्यक्त गरे । उनले, दर्शकले पनि फिल्मलाई मन पराउने विश्वास व्यक्त गरेका छन् । 
 
यो फिल्ममा अभिनेत्री नीशा अधिकारी ‘कल गल’को भूमिकामा छिन् । उनै, नीशाको प्रेममा रोमियो अर्थात्, हसनराजा परेपछि आउने उतारचढावको कथा फिल्मले बोल्छ । केही महिनायता लभस्टोरी फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेकाले पनि यो फिल्म चल्नेमा हसन आशावादी छन् । फिल्ममा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत हिट भैसकेको छ ।