मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

बलिउडमा ‘कृ’ हिरोइनको चर्चा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/08
 
बेलाबखतमा नेपाली कलाकारहरुको विषयमा भारतीय मिडियाले पनि चासोका साथ समाचार छाप्ने गरेका छन् । अर्चना पनेरु, ज्योती मगर, अनमोल केसी, राजेश हमाल लगायतका नेपाली सेलिव्रेटीको विषयमा भारतीय मिडियाले समाचार प्रकाशन गरिसकेका छन् । यस्तैमा नेपालकी अर्कै नव-नायिकालाई बलिउडकी चर्चित अभिनेत्री सनी लियोनीभन्दा पनि हट भन्दै भारतको ठूलो अनलाइन मिडिया एविपी न्यूजले समाचार प्रकाशन गरेको छ । 
 
नेपालसँगै यो खबरले भारतमा यतिबेला धुम मच्चाइरहेको छ । अनमोल केसी अभिनीत फिल्म 'कृ'मार्फत नेपाली रजतपटमा भित्रिन लागेकी आदिती बुढाथोकीको विषयमा एविपी न्यूजले शीर्षकमा लेखेको छ, ‘सनी लियोनी जस्तो बोल्ड एक्ट्रेसलाई पनि मात दिने यी हुन् नेपालीकी हिरोइन ।’ यो खबर भारतका अन्य धेरै अनलाइन न्यूज पोर्टलहरुले पनि साभार गरेका छन् । 
 
 
समाचारमा लेखिएको छ, ‘सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन् । आज हामी एक त्यस्तो हिरोइनलाई भेटाउन जाँदैछौ, जसले बलिउडका हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी ।’ समाचारमा अगाडि लेखिएको छ, ‘अदितिका तश्वीरले इन्स्टग्राममा तहल्का मच्चाएका छन् ।  नेपालकी यी मोडलको जन्म १९९२ मा भएको थियो । उनी म्यूजिकको ठूलो शौखिन हुन् ।’ 
 
 
आदितीको निकै तारिफ गरिएको समाचारमा उनले धेरै नेपाली फिल्ममा अभिनय गरेको पनि उल्लेख गरिएको छ । तर, यो झुट हो । उनी फिल्म 'कृ'मार्फत नेपाली रजतपटमा भित्रिदैछिन्, जुन यस वर्ष प्रदर्शनमा आउने तयारीमा छ । अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरेको समेत मिडियाले जनाएका छन् । इस्टाग्राममा अदितीका पनि तीन लाख फ्लोअर्स छन् ।