मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भयो ‘कागजपत्र’, नाजीर र शिल्पाको जोडी पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/07
 
अपिल विष्टको निर्देशनमा फिल्म ‘कागजपत्र’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका विच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । मधेशी चरित्रमार्फत फिल्ममा प्रमुख भूमिकामा देखिँदै आएका नायक नाजीर हुसैनसहित फिल्ममा भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
शिल्पाले एक हलिउड फिल्ममा समेत काम गरेकी छिन् भने नायक आशिरमान देशराज जोशी अभिनीत फिल्म 'ब्रेकअप'मा अनुवन्धित भइसकेकी छिन् । फिल्म निर्माण टीमबाट प्राप्त जानकारी अनुसार, पर्दामा नाजीर र शिल्पाको जोडी बाँधिनेछ । कमेडी र सोसल ड्रामा जनरामा राखिएको ‘कागजपत्र’को छायांकन बिहीवारबाट सुरु हुने निर्देशक विष्टले जानकारी दिए । 
 
फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दै नायक नाजीर हुसैनले भने, ‘मैले ‘कागजपत्र’मा यसअघि अभिनय गरेका फिल्मभन्दा फरक भूमिका पाएको छु । फिल्मको कथावस्तु साह्रै नै राम्रो छ । म आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने प्रयास गर्नेछु ।’
 
यस्तै, नव-नायिका शिल्पा मास्केले ‘कागजपत्र’ आफ्नो डेब्यू फिल्म भएका कारण सबैको साथ र सहयोगको अपेक्षा राखेको बताइन् । कार्यक्रममा बरिष्ट कलाकार सुनिल थापाले फिल्मको फस्टलुक पोष्टरको घुम्टो उघारेका थिए । 
 
 
वल्डवाइड फिल्मस् र औस फिल्मस् को प्रस्तुतीमा बन्ने यो फिल्मका लेखक निर्देशक अपिल आफै हुन् । फिल्मको निर्मातामा भने खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकाटी रहेका छन् ।   
 
फिल्मका कार्यकारी निर्माता बिशारद बस्नेत हुन् । संगीत सापकोटाको संगीत रहने फिल्ममा अष्ट महर्जनको द्वन्द्व र अष्ट्रेलियन सिनेम्याटोग्राफर कासिमिर डिकसनको छायांकन रहनेछ ।
 
तश्वीर : मिलन-समिर