Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘कोहलपुर एक्सप्रेस’को ड्राइभर केकी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/07
‘कोहलपुर एक्सप्रेस’बाट नायिका केकी अधिकारी फिल्म निर्माणमा हात हाल्दैछिन् । हाल बाँके जिल्लाका विभिन्न ठाउँहरुमा छायांकन भैरहेको यो फिल्ममा केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा मुख्य भूमिका छन् । 'स्वर' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी केकी ‘कोहलपुर एक्सप्रेस’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछिन् । 
 
तीन यूवतीको सपनाको कथा बोल्ने फिल्ममा केकी, प्रियंका र ऋचाको भूमिका कस्तो होला ? फिल्मको नाम अनुसार ‘कोहलपुर एक्सप्रेस’ एउटा गाडीको नाम हुनसक्ने धेरैको अनुमान छ । तर, यो कुराको पृष्टि निर्माण पक्षले गरेको छैन । हालैमा नायिका केकी अधिकारीले आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुकमा एक क्याप्सनसहितको तश्वीर अपलोड गरेकी छिन् । 
 
 
फोटोमा केकी एक गाडी चलाइरहेकी छिन् । उनले क्याप्सनमा लेखेकी छन्, 
‘कहिले हरन कहिले ब्रेक
कहिले स्लो कहिले रेस
चल्दैछ चल्दैछ कोहलपुर एक्सप्रेस’
 
उनको यो क्याप्सनसहितको फोटोबाट के अनुमान लगाउन सकिन्छ भने ‘कोहलपुर एक्सप्रेस’ गाडीको ड्राइभर नायिका केकी अधिकारी हुन् । यो फिल्मलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्दैछन् । केकी, प्रियंका र ऋचाका अलावा फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
 
केकीको होम प्रोडक्शन हाउस 'जुनकिरी आर्टस्' बाट निर्माण हुन लागेको यो फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ । केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई पनि फिल्मका निर्माता हुन् ।
Most Visited News (monthly)