मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको ‘टाइगर जिन्दा है’ ट्रेलर रिलिज

एजेन्सी, मुम्बई, 2017/11/07
 
‘शिकार त सबै गर्छन तर टाइगरभन्दा राम्रो शिकार अरु कोहीं गर्न सक्दैनन्...’ (नेपाली अनुवाद) यो हो फिल्म ‘टाइगर जिन्दा है’को डाइलग । सलमानका फ्यान लामो समयदेखि उनको यो फिल्मको ट्रेलरको प्रतीक्षामा थिए । र, अन्ततः लामो प्रतीक्षाको घडि समाप्त भएको छ ।
 
यो ट्रेलरमा सलमान खान धुँवादार एक्सन सीन गर्दै देखिएका छन् भने एकपटक फेरि पाकिस्‍तानी जासूसको भूमिकामा देखिन लागेकी कैटरीना कैफ पनि खतरनाक स्‍टन्ट र एक्सन सीन गर्दै देखिएकी छिन् । 
 
‘टाइगर जिन्दा है’को ट्रेलरमा देखाइएको छ कि ईराकमा दुनियाँको सबैभन्दा ठूलो खतरनाक आतंकवादी संगठनले २५ भारतिय नर्सलाई किडन्याप गर्छ र जब उनीहरुलाई बचाउने कुरा आउँछ तब सबैलाई याद आउँछ टाइगर उर्फ सलमान खान । 
 
ती नर्सहरुको जिन्दगी बचाउनका लागि क्याम्पमा प्रवेश गरेपछि टाइगरसँग मात्र २ दिन हुन्छ र उनले दुई दिनमा आफ्नो जोखिमपूर्ण कामलाई सफलतापूर्वक सम्पन्न गर्छन । तर, यसमा सलमान एक्लै छैनन् उनलाई पाकिस्‍तानी जासूस जोया उर्फ कैटरीना कैफले पनि साथ दिएकी छिन् । 
 
डिसेम्बर २२ मा रिलिज हुने यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट फिल्म 'एक था टाइगर'को सिक्वेल हो । अलि अब्बास जफार निर्देशित ‘टाइगर जिन्दा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।  
 
‘टाइगर जिन्दा है’मा सलमान खानको खतरनाक एक्सन देख्न पाइने निर्माण पक्षले बताएको छ । केही समय अगाडि सलमानले फिल्ममा आफ्नो भूमिकाको विषयमा जानकारी दिँदै भनेका थिए, ‘निकै अफ्ठ्यारो काममा हात हालेछु यार । मेरो उमेर ५१ वर्ष भयो र अब यो उमेरमा ठूला-ठूला भवनबाट कुद्न र खतरनाक सीन गर्न निकै मुश्किल भएको छ ।’
 
ट्रेलर हेर्नुहोस् :-