मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलेजमा ‘झ्यानाकुटी’, नीशाले काँधमा बोकिन् सौगातलाई

फिल्मीखबर, काठमाण्डौ, 2017/11/07
 
नेपाली फिल्म प्रचारका लागि विभिन्न कलेज मुख्य आकर्षणमा पर्ने गरेका छन् । यूवा केन्द्रित फिल्मका लागि निर्माताहरु कलेज दौडनु र आफ्नो फिल्मप्रति आकर्षित गर्न खोज्नु पूरानो हुन थालिसकेको छ । मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झ्यानाकुटी’को निर्माण टोली पनि कलाकारको साथमा राजधानीका विभिन्न कलेज पुगिरहेको छ । 
 
मित्रपार्कको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलको के युसिटी कलेज पुगेर यसका कलाकारले फिल्मको प्रचार गरे । प्रचारका लागि अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री नीशा अधिकारीलगायत कलेज पुगेका थिए । उनीहरुले विद्यार्थीसँग बसेर ‘झ्यानाकुटी’को विषयमा कुरा गरे । 
 
‘झ्यानाकुटी’ फोटो कन्टेस्टको झैँ नीशा नाम गरेकी एक विधार्थीले सौगातलाई काँधमा बोकिन् । फिल्मको पोष्टरमा सौगातलाई बेनिशाले बोकेकी छिन् । आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तश्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै  मेन्सन गरेर ‘झ्यानाकुटी’ पेजलाई ट्याग गर्दै #Nov117 / #Jhyanakuti अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।
 
कलेजमा पुगेको फिल्म युनिटले विशेषगरी बाल विवाहको मुद्दामाथि छलफल गरे। निर्मात्री नीशाले भनिन्, ‘फिल्मले विवाहित जोडीको यस्तै कथा प्रस्तुत गर्छ त्यसैले बालविवाह बारे छलफल गरेका हौं।’ ‘झ्यानाकुटी’बाट नीशाले फिल्म निर्माणमा डेब्यू गरेकी हुन् । 
 
 
यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा नीशालाई सिमोसले पनि सहयोग गरेका छन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । 
 
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।