
चर्चित फिल्म निर्देशक नारायण पुरी केही समयको अमेरिका बसाईपछि नेपाल फर्किएका छन् । पछिल्ला चरणमा विदेश जाने बहानामा थुप्रै कलाकारहरू विदेश पलयान भएको अवस्थामा निर्देशक पुरी भने उदारहण बनेका छन् । यसअघि हिमालय टेलिभिजनमा प्रमुख कार्यकारी र कार्यक्रम निर्माता रहेका पुरीले नेपालमै केही गर्ने सोचका साथ नेपाल फर्किएको प्रतिक्रिया दिए ।
नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक पृथक टेलिभिजन शो ‘सुत्रधार’ मार्फत पुनः पुरी टेलिभिजनको पर्दामा देखिने भएका छन् । हिमालय टेलिभिजन मार्फत प्राशारण हुने उक्त कार्यक्रम पुरीले नै संचालन गर्ने छन् । यसअघि पुरीले हिमालय टीभीमै संचालन गरेको कार्यक्रम ‘जीवन साथी’ निकै सफल र चर्चित मानिन्छ ।
कात्तिक २९ गते बुधवार साँझ ७ बजे प्रशारणको तयारीमा रहेको कार्यक्रम 'सुत्रधार'को निर्देशन सुदिप खनालले गरेका छन् । निर्जल बस्नेतको निर्माणमा प्रशारण हुने यो कार्यक्रमको लेखन राजेश ढकालले गरेका हुन् ।

