Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देवसेनाको यो रुप हेर्नुभयो ?

एजेन्सी, मुम्बई, 2017/11/07
 
'बाहुबली'बाट एकाएक चर्चामा आएकी अभिनेत्री अनुष्का शेट्टी अहिले आफ्नो नयाँ फिल्मको काममा व्यस्त छिन् । देवसेना चाँडै फिल्म 'भागमती'मा देखिदैछिन् । हालैमा फिल्मसँग जोडिएको एक लुक बाहिर आएको छ । यो लुकमा अनुष्का निकै सानदार देखिएकी छिन् । 
 
उनको डरलाग्दो रुपले धेरैको पसिना समेत छुटाउन सक्छ । फिल्मलाई लिएर अहिलेसम्म कुनै डिटेल्स रिलीज गरिएको छैन । तर, अनुष्काको यो लुकले मानिसमा क्यूरियोसिटी पक्कै उत्पन्न गर्नेछ । यो लुक अनुष्काको बर्थडेभन्दा एकदिन अगाडि सार्वजनिक गरिएको हो । 
 
अनुष्काको एक हात छेडिएको छ र त्यहाँबाट रगत बगिरहेको छ । यस्तै, दोस्रो हातमा हतौडा देख्न सकिन्छ । यो फिल्ममा अनुष्कासँगै उन्नी मुकुन्दन र आदी पिनिसेट्टीको पनि मुख्य भूमिका छ । फिल्ममा मलयालम एक्टर जयराम पनि देखिँदैछन् । 'भागमती'लाई जी. अशोकले निर्देशन गरेका हुन् । 
 
यो फिल्म तेलुगु, तमिल र मलयालममा रिलिज हुनेछ । बताइएको छ कि यो एक हरर थ्रिलर फिल्म हो । 'बाहुबली'मा आफ्नो अभिनयको जादू छरेकी अनुष्का अब यो फिल्मबाट दर्शकलाई दिवाना बनाउन पर्दामा फर्किदैछिन् । 
Most Visited News (monthly)