Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी डेज’को गीत रिलिज, प्रियंका बिना सञ्जय ‘खाली खाली’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/06
 
माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्याप्पी डेज’को रोमान्टिक गीत रिलिज भएको छ । लन्डनका विभिन्न आकर्षक ठाउँहरुमा खिचिएको ‘खाली खाली’ गीतमा नायिका प्रियंका कार्की र सञ्चारकर्मी तथा नायक सञ्जय गुप्ता फिचरिङ छन् । गीतमा सञ्जय प्रियंका बिना आफू ‘खाली खाली’  हुने बताउँदैछन् । 
 
तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्दमा तयार भएको गीतमा संगीतकार लिम्बुलाई दीपा लामाले गायनमा साथ दिएकी छिन् । गीतको भिडियोका कोरियोग्राफर फिल्मका निर्देशक मिलन चाम्स हुन् । सोमवार राजधानीमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । 
 
‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ । 
 
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चाम्सले ‘ह्याप्पी डेज’लाई निकै मिहिनेत गरेर निर्माण गरेको बताए । यस्तै, नायक दयाहाङ राईले भने, ‘फिल्म ‘ह्याप्पी डेज’ले सम्पूर्ण नेपालीहरुको कथा बोल्छ । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथालाई निकै रमाइलो तरिकाले प्रस्तुत गरेका छौं ।’ कार्यक्रममा नायिका प्रियंका भने अनुपस्थित थिइन् । 
 
२ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई रामकुमार केसीले खिचेका हुन् । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो । 
 
गीत हेर्नुहोस् :-
 
Most Visited News (monthly)