Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फेरि–फेरि’ मा फेरि ऋचा र अर्पणको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/11/06
 
'आधा लभ', 'चक्कर', 'सुनकेसरी', 'फिर्के' हुँदै नायिका ऋचा शर्मा र नायक तथा निर्देशक अर्पण थापाको टिमअप फिल्म ‘फेरि–फेरि’मा पनि हुने भएको छ । यो फिल्मको निर्देशन भने ‘कान्छी मट्याङ ट्याङ’ फेम निर्देशक पुरन थापाले गर्नेछन् । उनी कुशल अभिनय गर्ने कलाकार समेत हुन् । 
 
माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फिल्म कमेडी जनराको भएको निर्देशक पुरनले जानकारी दिए । निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्राएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन् । उच्च प्रविधियुक्त फिल्म निर्माणका लागि सो क्यामेरा ल्याएको उनले बताए ।
 
रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यसँगै निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् । अहिले ऋचा 'कोहलपुर एक्सप्रेस'को छायांकनमा व्यस्त छिन् भने अर्पण 'अमेरिका बोइज'को । 
Most Visited News (monthly)