
प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘अमेरिका बोइज’को आइतवारबाट छायांकन सुरु भएको छ । झापामा रहेको एक मन्दिरमा मुहूर्त गर्दै फिल्म फ्लोरमा गएको हो । मुहूर्त समारोहमा अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायत फिल्मका मुख्य कलाकार उपस्थित थिएनन् ।
निर्देशक पौडेलका अनुसार, अबको करीब १४ दिनसम्म फिल्मको छायांकन झापामा हुनेछ । फिल्मको कथा विवेक पाण्डेले लेखेका हुन् । प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द फिल्मका निर्माता हुन् ।
फिल्मलाई अलोक सुक्लाले खिच्दैछन् । ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने फिल्ममा निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत सुन्न सकिनेछ ।

