Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चम्केनन् मनिष र शारुक

फिल्मीखबर, काठमाण्डौ, 2017/11/06
 
नव-कलाकारका लागि पहिलो फिल्मले भविष्य निर्धारण गर्छ । कतिलाई डेब्यू फिल्म भाग्य चम्काउने अस्त्र बन्छ त कतिका लागि डेब्यू फिल्म नै घातक बन्न पुगेका छन् । फिल्म 'रानी'मार्फत नेपाली रजतपटमा इन्ट्री मारेकी दुई युवा शारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठलाई भने पहिलो फिल्म नै सिकिस्त बनाएको छ ।
 
फिल्म रिलिज अगाडि यी दुईलाई संभावना बोकेको नायकको रुपमा हेरिएको थियो । गीत र ट्रेलरबाट पाएको तारिफबाट मनिष र शारुक 'रानी'ले स्टार बनाउनेमा ढुक्क थिए तर रिजल्ट सोचेभन्दा उल्टो आयो । बक्स अफिसमा फिल्मको टिकटमा धमिरा लागेपछि यी दुई नायकको करिअरमा पनि यतिबेला प्रश्न चिन्न खडा भएको छ । 
 
'रानी' हिट भएको हुन्थ्यो भने मनिष र शारुकको माग र चर्चाले शिखर चुम्ने पक्का थियो तर डेब्यू फिल्मको धक्काले यी दुईलाई अन्य ब्यानरका फिल्ममा इन्ट्री पाउन अब मुश्किल देखिन्छ । शारुक ताम्राकार कलाकार सानु ताम्राकारका छोरा हुन् भने मनिषसुन्दर चाहिं अभिनेता शिव श्रेष्ठका भतिज हुन्। 
 
चकलेटी अनुहारका यी दुई नायकले अब आफ्नो फिल्मी करिअरलाई चम्किलो बनाउन एउटा हिट फिल्म आफ्नो नाममा दर्ता गराउन आवश्यक छ । यसका लागि राम्रो ब्यानर, उत्कृष्ट कथावस्तु र दमदार भूमिकाको खाँचो पर्छ । यदी सबै कुराको संयोग मिल्यो भने मनिष र शारुकको फिल्मी यात्रा सुखद रहने पक्का छ । यी दुई हिरोको हिरो बन्ने रहर रहरमै सीमित नहोस्— शुभकामना ।