Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चरी चट्ट’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

फिल्मीखबर, काठमाडौं, 2017/11/06
 
माघ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कान्छी’मा समावेश ‘चरी चट्ट परी’ बोलको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । अपलोड भएको तीन दिनमा साढे ९ लाख बढी भ्युज कमाउँदै ‘चरी चट्ट’ युट्युबको ट्रेन्डिङ नम्बर एकमा आएको हो । 
 
गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । स्वरमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईका नृत्य छ । यो फिल्मलाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । 
 
मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । कान्छीमा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । 
 
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । 'कोहिनूर'पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । 
 
गीत हेर्नुहोस् :-
 
Most Visited News (monthly)