मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सकस’को आइटम गीत रिलिज : ‘शिला गजब छ’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/05
 
कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सकस’को आइटम गीत रिलिज भएको छ । केशव जोशी ‘आकाश’को शब्द तथा जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ गीतमा चेतन सापकोटाको संगीत छ । गीतको भिडियोमा प्रिया रिजालको नृत्य रहेको छ भने अभिनेता सुन्दर श्रेष्ठ, प्रज्ज्वल गिरी लगायतका कलाकारहरु फिचरिङ छन् ।
 
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । 
 
राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित यो फिल्मलाई द्वन्द्व निर्देशक एनवी महर्जनले निर्देशन गरेका हुन् । विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ । यो फिल्मको कथा मौनत श्रेष्ठको हो । 
 
गीत हेर्नुहोस् :-