मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीशाको यादमा तड्पिए रोमियो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/11/05
 
कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘रोमियो’को स्याड सङ रिलिज भएको छ । गीतमा नायक हसनराजा खान नायिका नीशा अधिकारीको यादमा तड्पिएको देख्न सकिन्छ । कुर्बान अली खान र अमृता लिम्बुको आवाज रहेको गीतमा कुर्वानकै शब्द तथा संगीत छ ।
 
फिल्ममा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । 
 
‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको फिल्मको यो बियोगान्त भावको गीतले पनि दर्शकको मन जित्न सक्छ । यो फिल्मबाट निर्माता खानले निकै आशा गरेको बताए । 
 
शंकर कार्कीले फिल्मको निर्देशन गरेका हुन् । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका सह–निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् । 
 
गीत हेर्नुहोस् :-