मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ट्रिपल एक्स’को चौथो सिक्वेलमा पनि दीपिका

एजेन्सी, मुम्बई, 2017/11/05
 
शाहरुख खान अभिनीत फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री दीपिका पादुकोणले हलिउडमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । यही वर्ष उनी अभिनित पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’ रिलिज भएको थियो, जसमा उनको अभिनयको सर्वत्र तारिफ भएको थियो । 
 
भारतीय मिडियामा प्रकाशित खबरका अनुसार, दीपिका एकपटक फेरि हलिउडतर्फ जाने भएकी छिन् । फिल्म ट्रेड एक्सपर्ट रमेश बालाले ट्वीटमार्फत यो कुराको जानकारी दिएका छन् कि दीपिका पादुकोण 'ट्रिपल एक्स'को नयाँ पार्टमा पनि देखिनेछिन् । 
 
दीपिका ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’ मा चर्चित हलिउड अभिनेता विन डीजलसँग एकसाथ देखिएकी थिइन् । अब एकपटक फेरि दीपिका यसको चौथो पार्टमा पनि विन डीजलसँग देखिनेछिन् । यो फिल्ममा दीपिकाको भूमिका गएको फिल्मभन्दा दमदार हुनेछ । 
 
यो खबरमा कति सत्यता छ त्यो त भोलीका दिनमा थाहा हुनेछ तर अहिले दीपिका आफ्नो नयाँ बलिउड फिल्म ‘पद्मावती’को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा दीपिकाको अलावा शाहिद कपूर र रणवीर सिंहको पनि मुख्य भूमिका छ । संजय लीला भंसालीको निर्देशनमा बनेको यो फिल्म १ डिसेम्बरमा रिलिज हुँदैछ ।