मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘झ्यानाकुटी’ हिट भए निर्देशकलाई यस्तो दिदैछिन् नीशा !

फिल्मीखबर, काठमाण्डौ, 2017/11/05
 
मंसिर १ गते नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनीत फिल्म ‘झ्यानाकुटी’ देशैभर एकसाथ प्रदर्शनमा आउँदैछ । कमेडी जनराको यो फिल्मको 'तिमीलाई सानी' बोलको गीतले यतिबेला नेपाली बजारमा राम्रै धमका मच्चाइरहेको छ भने ट्रेलरले फिल्मलाई थप प्रतिक्षीत बनाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका निर्देशक-निर्मातादेखि कलाकारहरु अहिले प्रचार-प्रसारमा खुब दौडिएको देख्न सकिन्छ । 
 
नायिका नीशा अधिकारीले पहिलो पटक ‘झ्यानाकुटी’मार्फत फिल्म निर्माणमा हात हालेकी हुन् । नीशालाई 'मिशन पैसा'बाट फिल्ममा डेब्यू गराउने निर्देशक सिमोस सुनुवार यो फिल्मका निर्देशक हुन् । फिल्म निर्माणमा नीशालाई सिमोसले पनि साथ दिएका छन् । यी दुवै फिल्म ‘झ्यानाकुटी’ हिट हुनेमा ढुक्क देखिन्छन् । 
 
निर्देशक सिमोस भन्छन्, 'राम्रो फिल्म बनाएका छौं त्यसैले दर्शकले ‘झ्यानाकुटी’ रुचाउनुहुन्छ भन्नेमा म र मेरो टीम ढुक्क छ ।' नायिका तथा निर्मात्री नीशा अधिकारीले पनि फिल्मले दर्शक रिझाउन सफल हुने दावी गरिन् । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्देशक सुनुवारले ‘झ्यानाकुटी’ हिट भए नीशाको रियल जोडीलाई अमेरिका घुम्न पठाउने बचन दिए । यस्तै, निर्मात्री नीशाले फिल्म हिट भएको खण्डमा निर्देशक सुनुवारले मागेको चिज दिने बताइन् । 
 
झगडालु श्रीमान-श्रीमतिको कथा बोल्ने फिल्ममा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । 
 
निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिस सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिस सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।