मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुट्टे जामा’ बन्यो पहिलो

फिल्मीखबर, काठमाण्डौ, 2017/11/05
 
हाइलाइट्स नेपाल र अस्कर इन्टरनेसनल कलेजले संयुक्त रुपमा आयोजना गरेको पहिलो सर्ट फिल्म प्रतिस्पर्धामा कला संग्रौला निर्देशित ‘बुट्टे जामा’ पहिलो बन्न सफल भएको छ । शुक्रबार अस्कर इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा विजयी फिल्मको घोषणा गरिएको हो ।  
 
नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले आयोजना गरिएको प्रतिस्पर्धामा अन्तिम प्रतिस्पर्धामा रहेका दस फिल्ममध्येबाट ‘बुट्टे जामा’ उत्कृष्ट बन्न सफल भएको हो । नविन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले उत्कृष्ट फिल्मको छनोट गरेको हो । पहिलो भएसँगै फिल्मले १ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुने ‘कल्ली’ले  ६० हजार नगद प्राप्त गर्‍यो । 
 
नेवारी समुदायको पृष्ठभूमिमा आधारित फिल्मले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई विषय बनाएको छ । फिल्मको निर्देशन राकेश महर्जनले गरेका हुन् । सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ सर्ट लिस्टेड १० फिल्ममध्येबाट उत्कृष्ट तीन भित्र पर्न सफल रह्यो । फिल्मले ४० हजार नगद प्राप्त गर्‍यो । नारी मनोविज्ञानलाई सशक्त ढंगमा प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो । फिल्मले ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त गर्‍यो । 
 
 
निरञ्जनराज भेटवाल निर्देशित फिल्मले आफ्नो श्रीमान्को प्रतिक्षामा रहेकी महिलाको मनोदशालाई काफल पाक्यो चरामार्फत् अभिव्यक्त गरेको छ । विजेता सबैलाई अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेल र हाइलाइट्सकी कार्यकारी अधिकृत शिवानी गुरुङले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नाद, म भोलि जन्मनेछु, रुवा,फुक्पा, खाना खाम्न, र मेमे उत्कृष्ट दसभित्र अटाएका फिल्म थिए ।