Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘फाटेको जुत्ता’को ओपनिङ

फिल्मीखबर, काठमाण्डौ, 2017/11/04
 
शुक्रवारबाट अलनेपाल प्रदर्शनमा उत्रिएको वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’ले गज्जबको ओपनिङ गरेको छ । पहिलो दिन नै ७० प्रतिशत आसपासको अकुपेन्सीसहित सुखद ओपनिङ गरेको फिल्मले शनिबार त्यो भन्दा राम्रो विजनेस गर्न सफल भयो । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिए । 
 
'आई एम सरी' बोलको गीतबाटै प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘फाटेको जुत्ता’लाई शनिवार बिहानी र दिवा शोहरुमा काठमाण्डौ र उपत्यका बाहिरका सबै हलमा शतप्रतिशत अकुपेन्सी मिल्यो । कमेडी जनरामा निर्माण भएको ‘फाटेको जुत्ता’ हेर्न शुक्रवार र शनिवार सिभिल मल, लाबिङ मल, बिग मुभिज, एफक्यूव लगायत काठमाडौंका ठूला मल्टिप्लेक्स हलहरुमा दर्शकको उपस्थिति उत्साहजनक रहेको निर्माता अर्जुन कुमार बताउँछन् । 
 
यस्तै, गोपी, अष्टनारायण, जय नेपाल, गुण सिनेमा लगायत काठमाडौंका सिंगल स्क्रिनमा पनि दर्शकको चाप उच्च देखिएको थियो । अभिनेता सौगात मल्ल, निर्माता कुमार र निर्देशक निकेश खड्का सहितको टीम दर्शकसँग साक्षात्कार गर्न शनिबार राजधानीका हल-हल पुगेका थिए । काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक रहेको छ । फिल्म हेर्ने अधिकांश दर्शकले कलाकारद्वय सौगात मल्ल र कामेश्वर चौरासियाको कामको तारिफ गरेका छन् । 
 
फिल्मले समिक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्माता अर्जुन कुमारले भने, ‘फिल्मले दुई दिनमा एक करोड ग्रस कलेक्सन गरेको वितरक कम्पनीबाट मलाई जानकारी प्राप्त भएको छ । भोलीसम्ममा दुईदिनको वास्तविक कलेक्सन रिपोर्ट हामीलाई प्राप्त हुनेछ । कलेक्सनभन्दा पनि फिल्मलाई दर्शकले रुचाइदिनुभएको छ, त्यो नै हाम्रो लागि ठूलो सफलता हो । अहिले फिल्म जताततै हाउसफूल छ ।’ ‘फाटेको जुत्ता’ले बेरोजगार यूवाको कथा बोल्छ । 
 
यो फिल्ममा सौगात मल्ल, प्रियंका काकी, कामेश्वर चौरासिया, अनोज पाण्डे, रविन्द्र झा, आमिर गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमार निर्माता रहेको यो फिल्मका निर्देशक निकेश खड्का हुन् । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । ‘फाटेको जुत्ता’मा दयाहाङ राई र वर्षा राउत केमियो भूमिकामा छन् ।
Most Visited News (monthly)