Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्दसूचीको पहिलो नम्बरमा करिश्मा

फिल्मीखबर, काठमाडौं, 2017/11/04
 
नेपाली फिल्मकी सदाबहार नायिका करिश्मा मानन्धर नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बनेकी छिन् । यदी नयाँ शक्ति पार्टीले देशभर खसेको कूल मतबाट समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन सफल भए उनी प्रतिनिधि सभा सांसद बन्नेछिन् ।
 
नयाँ शक्ति नेपालले आफ्नो बन्दसूचीको एक नम्बरमा करिश्मा मानन्धरलाई राखेको छ। उनी पार्टीको केन्द्रीय परिषद सदस्य हुन् । पछिल्लो समय फिल्म अभिनय र निर्माणमा भन्दा करिश्माको दिनचर्या राजनीतिक कार्यमा वित्ने गरेको छ ।
 
चुनावपश्चात जुन दलले ३ प्रतिशत बढी मत पाउँछ, त्यसैका आधारमा पहिलो क्रममा रहेका व्यक्ति सांसद छानिनेछन् । तर, देशभरिबाट उसले प्राप्त गरेको मत ३ प्रतिशत नाघेन भने एक लाख बढी मत आए पनि करिश्मा सांसद बन्न पाउने छैनन् । 
 
अहिलेको थ्रेस होल्डको व्यवस्था अनुसार दलले कूल मतको तीन प्रतिशत समानुपातिक तर्फ र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने हुन्छ ।
Most Visited News (monthly)