Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टाइगरको ‘बागी २’ लुक बाहिरियो

एजेन्सी, मुम्बई, 2017/11/04
 
बलिउड एक्टर टाइगर श्राफ अहिले आफ्नो नयाँ एक्सन थ्रिलर फिल्म ‘बागी २’ को सुटिङमा व्यस्त छन् । हालैमा फिल्मको सेटबाट टाइगरको पहिलो लुक लिक भएको छ । उनको यो तश्वीर अहिले सोसल साइटमा निकै भाइरल भैरहेको छ ।
 
फोटोबाट यो अनुमान लगाउन सकिन्छ कि उनी एक्सन सीनको सुटिङ गरिरहेका छन् । टाइगरको लिक भएको तश्वीरमा उनको शरीरमा रगतको दाग देख्न सकिन्छ । उनको यो इन्टेन्स लुक्स फ्यान्सलाई निकै मन परेको छ । 
 
यो फिल्ममा पनि टाइगर खतरनाक एक्सन अवतारमा देखिदैछन् । उनले यो फिल्मका लागि ५ किलो तौल बढाएका छन् । फिल्म ‘बागी २’ वर्ष २०१६ को फिल्म 'बागी'को सिक्वेल हो, जसमा टाइगरको अपोजिटमा श्रद्धा कपूर देखिएकी थिइन् ।
 
तर, यसपटक फिल्ममा टाइगरकी रियल लाइफ लभ दिशालाई कास्ट गरिएको छ । 'बागी'ले बक्स अफिसमा सुखद कलेक्सन गरेको थियो । 
 
‘बागी २’ फिल्म साजिद नाडियावालाको ब्यानरमा बनिरहेको छ । पहिलो फिल्मको निर्देशन शब्बीरर खानले गरेका थिए भने यसपटक निर्देशक अहमद खानले निर्देशन गरिरहेका छन् । फिल्ममा टाइगर डबल रोलमा देखिएका छन् ।
 
यही फिल्मका लागि उनले पूरै शिर मुन्डन गरेका छन् । टाइगर ‘बागी २’ मा दुई लुकमा देखिनेछन् । फिल्म अर्को वर्षको २७ अप्रिलमा रिलिज हुँदैछ ।  
Most Visited News (monthly)