Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भैरे’ बन्दै दयाहाङ !

फिल्मीखबर, काठमाण्डौ, 2017/11/04
 
नायिका गरिमा पन्त र नायक जीवन लुईटेल अभिनीत फिल्म ‘ठूली’ निर्देशन गरेका एभरेष्ट सूर्य बोहोराले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मको नाम ‘भैरे’ जुराइएको छ । केहीदिन भित्रै औपचारिक निर्माण घोषणा गर्दै फिल्मको विषयमा निर्माण पक्षले जानकारी दिँदैछ । मंसिर पहिलो साताबाट छायांकन सुरु गर्ने गरि यतिबेला निर्देशक बोहोरा कलाकार छनौटमा लागेका छन् । 
 
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, ‘भैरे’का लागि नायक दयाहाङ राई, नायिका वर्षा सिवाकोटी, कलाकार वुद्धि तामाङ, बाल कलाकार अनुभव रेग्मी अनुवन्धित भएका छन् । तर, यस विषयमा फिल्म निर्माण पक्षले कुनै जानकारी दिएको छैन । यसअघि दया र वर्षाले फिल्म 'लप्पन छप्पन'मा एकसाथ काम गरेका थिए । फिल्मका लागि लिड नायिकाको भने खोजी भैरहेको छ । 
 
नेपालय सिनेमा इन्टरनेशनलको प्रस्तुतीमा बन्न लागेको यो फिल्मका कार्यकारी निर्माता देवी माया अधिकारी हुन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्मका निर्माताको रुपमा प्रेम प्रसाद पौडेल रहेका छन् ।  फिल्मले गाउँको एक साधारण यूवकको कथा बोल्छ । फिल्ममा दयाले भैरेको भूमिका निर्वाहा गर्दैछन् ।
 
Most Visited News (monthly)