Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेपछि ऋचाको कमब्याक, यस्तो बन्यो ‘सुपर गोर्खे’ टीजर

फिल्मीखबर, काठमाण्डौ, 2017/11/03
 
विवाह गरेपछि नेपाली फिल्मबाट गायब जस्तै भएकी 'नाई नभन्नू ल'की हिट नायिका ऋचासिंह ठकुरीले निर्माण र अभिनय गरेको फिल्म ‘सुपर गोर्खे’ को टीजर सार्वजनिक भएको छ । ऋचाका श्रीमान गजेन्द्रराज थापाले निर्देशन गरेको फिल्मका नायक पनि थापा आफै हुन् । ऋचाको फिल्म प्रोडक्शन हाउसबाट निर्माण भएको ‘सुपर गोर्खे’को १ मिनेट २० सेकेण्ड लामो टीजरमा सुपरम्यान, ब्याटम्यानपछि नेपाली सुपरहिरो सुपर गोर्खेलाई हेर्ने आग्रह गरिएको छ । 
 
फिल्म ‘सुपर गोर्खे’का निर्माता इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठुले), सुदिपजङ्ग थापा हुन् भने यसमा ताराप्रकाश लिम्बु र फिलिप जोनको संगीतमा सुदिन पोखरेल, रुपक डोटेल, ताराप्रकाश लिम्बु, रजिना रिमाल र मिलन अमात्यको गायन रहेको छ ।
 
ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, भुपेन्द्र क्षेत्री, निराजन लुइँटेल, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई, कामना भुजेल र राज थापा फिल्मको कलाकारको रुपमा रहेका छन् । किरण माइकलको लेखन रहेको फिल्म ‘सुपर गोर्खे’लाई सौरभ लामाले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन् । 
 
फिल्ममा चन्द्र पन्तको एक्शन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यम रानाको भिएफएक्स रहेको छ । एफडी कम्पनीले वितरण गर्ने ‘सुपर गोर्खे’ मंसिर २९ गते देशभरी एकैसाथ प्रदर्शन हुँदैछ । 
 
Most Visited News (monthly)