मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सय प्रभावशाली महिलाको सूचीमा प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2017/11/03
 
सुपरस्टार प्रियंका चोपडा फोर्ब्सको सय जनाको प्रभावशाली महिलाको सूचीमा दरिएकी छिन् । फोर्ब्सले प्रियंकालाई मनोरञ्जन र मिडियाको क्षेत्रमा सबैभन्दा प्रभावशाली महिलाको सूचीको १५ औं स्थानमा राखेको छ । यो सूचीमा पप क्वीन बियोन्स चौथो स्थानमा छिन् तर, गायक टेलर स्विफ्ट १२ औं र ह्यारी पोटरकी लेखिका जे.के. रोलिंग १३ औं स्थानमा अटाएकी छन् । 
 
यो सूचीमा जर्मनीको चान्सलर पहिलो स्थानमा, बियोन्स ५० औं र टेलर ८५ औं स्थानमा परेकी छन् । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवाङका ट्रम्पले पनि फोर्ब्सको सय सबैभन्दा पावरफूल महिलाको सूचीमा प्रवेश गरेकी छिन् । आफ्नो दमदार अभिनयसँगै प्रियंका यूनिसेफको गुडविल एम्बेसडरको रुपमा योगदानका लागि चिनिएकी छिन् । 
 
प्रियंकाले बलिउडको साथ-साथै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाएकी छन् । फोर्ब्सले आफ्नो कथनमा प्रियंकाको अमेरिकी टेलिभिजन शो 'क्वान्टिको' पनि मन पराएको छ । फोर्ब्सले लेखेको छ, 'प्रियंका बलिउडदेखि हलिउडसम्म पग्ने एक सफल अभिनेत्री हुन् । प्रियंका कुनै अमेरिकन टेलिभिजन शो मा काम गर्ने पहिलो भारतिय अभिनेत्री हुन् ।' प्रियंका फोर्ब्सको सबैभन्दा बढी कमाई गर्ने टिभी अभिनेत्रीको सूचीमा आठौं स्थानमा पुगेकी छिन् । 
 
गएको वर्ष प्रियंका यो सूचीमा १० औं स्थानमा थिइन् । त्यस्तै, गत वर्ष फोर्ब्स द्वारा जारी गरिएको बलिउडको टप १० आम्दानी गर्ने स्टार्सको सूचीमा प्रियंका सातौं स्थानमा परेकी थिइन् । प्रियंकालाई एबीसीको 'क्वान्टिको' सीरीजका लागि दुई पटक पीपुल्स च्वाइस अवार्ड मिलिसकेको छ ।