मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आजबाट ‘फाटेको जुत्ता’ हलमा, लाग्यो ‘धनवान’ पनि !

फिल्मीखबर, काठमाण्डौ, 2017/11/03
 
आज शुक्रवारबाट सिनेमा घरमा दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । वर्षको प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘फाटेको जुत्ता’ र नामै नसुनिएको अर्को फिल्म ‘धनवान’ ले आजबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । ‘धनवान’ माथी सौगात मल्ल र प्रियंका कार्की अभिनीत फिल्म ‘फाटेको जुत्ता’ हाबी हुने पक्का छ । 
 
'आई एम सरी' गीत र ट्रेलरबाटै प्रतिक्षीत बनेको यो फिल्ममा सौगात मल्ल, प्रियंका काकी, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमार निर्माता रहेको यो फिल्मका निर्देशक निकेश खड्का हुन् । 
 
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । ‘फाटेको जुत्ता’मा दयाहाङ राई र वर्षा राउत केमियो भूमिकामा छन् । स्टार कास्ट कलाकारका कारण पनि चर्चामा रहेको यो फिल्मले बक्स अफिसमा भने  कस्तो धमका मच्चाउने हो, यसतर्फ सबैको नजर केन्द्रित भएको छ । 
 
यस्तै, दुर्गा खड्काको निर्माण, ऋषि न्यौपानेको निर्देशन तथा मौनता श्रेष्ठको कथा लेखनमा तयार भएको ‘धनवान’ मा भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित (दाह्री बा) लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्म विना प्रचार प्रसार सिधै हलमा प्रदर्शनमा आएको हो । 
 
यी दुई फिल्म बाहेक आजबाट फिल्म 'ऐश्वर्य'ले दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको छ । पहिलो हप्ता सुखद कलेक्सन गरेको यो फिल्मले अझै आफ्नो वर्चश्व कायम गर्न मल्टिप्लेक्स र सिंगल हलमा 'फाटेको जुत्ता'सँग राम्रै युद्ध गर्नु पर्नेछ ।