मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र प्रियंकाको रोमान्स खिच्दै सकियो ‘बटरफ्लाई’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/02
 
फिल्म ‘बटरफ्लाई’को ईण्डक्ल्याप भएको छ । फिल्ममा समावेश प्रेमभावको एक गीत खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । फिल्मका अधिकांश दृश्य भने यसअघि नै छायांकन गरिएको थियो । ‘मायाका रङहरु’ बोलको गीतमा लिड अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीले दृश्य दिएका छन् । 
 
चिसिँदो मुडेको मौसममा खिचिएको उक्त गीतमा प्रियंकाले केही बोल्ड दृश्यहरु दिएकी छिन् । फिल्मीखबर डटकमलाई प्राप्त तश्विरमा प्रियंकालाई आर्यनको अंगालोमा देख्न सकिन्छ । यो गीत चाँडै रिलिज गर्ने निर्माण टीमको तयारी छ । 
 
 
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । सुरेश बज्राचार्यले खिचेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ । आउँदो पौष २८ मा रिलिज हुने यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् ।