Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एसपी खरेलले भारतमा ‘मेला’ प्रदर्शन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/11/02
 
कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘मेला’ नेपालसँगै भारतमा पनि प्रदर्शन हुने भएको छ । फिल्मलाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेशी शाहले लिएका छन् । एसपी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा फिल्म प्रदर्शनको अधिकार किनेका हुन् । 
 
‘मेला’का लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहवीच सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मको ट्रेलर र ३ गीत हेरिसकेपछि आफूले भारतमा प्रदर्शन गर्ने अधिकार लिएको परदेशीले बताए । उनका अनुसार, नेपालीहरुको बाक्लो बसाई रहेको भारतको सिक्किम, दार्जलिङ, मुम्बई, दिल्लीमा फिल्म प्रदर्शन गरिनेछ । यसका लागि फिल्मको भारतमा चाँडै सेन्सर गर्ने र हलहरुमा शो किनेर प्रदर्शन गरिने उनको भनाई छ । 
 
यस्तै, फिल्मका प्रस्तुतकर्ता समेत रहेका पन्तले विदेशी बजारमा नेपाली फिल्म प्रदर्शन हुँदा निर्माता पनि सुरक्षित रहने र फिल्मको बजार पनि विस्तार हुने बताए । उनले, भारतको राइट्स विक्री भएपछि आफू केही हदसम्म सुरक्षित भएको बताए । बसन्त निरौला निर्देशित फिल्ममा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ ।
Most Visited News (monthly)