मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५२ लागे शाहरुख, जान्नुहोस् उनको रहस्य

एजेन्सी, मुम्बई, 2017/11/02
 
यसमा कुनै शंका छैन कि शाहरुख खान बलिउडका सर्वाधिक सफल कलाकार हुन् । भारतमा मात्र होइन विश्वभर छरिएका उनका करोडौ प्रशंसकका बिच उनि बादशाहको रुपमा परिचित छन् । नेपालमा समेत उनका लाखौ प्रशंसक छन् ।
 
२ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका शाहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् । आज उनका प्रशंसकहरुले 'किंग खान'लाई जन्मदिनको शुभकामना दिइरहँदा हामी तपार्इलार्इ उनले हासिल गरेका केही महत्वपुर्ण सफलताको बारेमा जानकारी दिँदैछौ । 
 
१. शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।
 
२. अभिताभ बच्चनपछि उनी एकमात्र त्यस्ता कलाकार हुन्, जसलार्इ फ्रान्सको लिगियन अफ फ्रान्स अवार्ड मिलेको छ ।
 
३. उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।
 
४. र्फोब्सको मिडिल इस्ट विशेषको कभरपेजमा अटाउने उनि पहिलो भारतिय कलाकार हुन् ।
 
५. इन्टरपोलको 'टर्न व्याक क्राइम' नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतिय कलाकार हुन् ।
 
६. उनि विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको फिल्म 'दिलवाले दुल्हनिया ले जाएगें' झण्डै २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो । 
 
७. 'रोमान्स किंग'को छविपछि एक्सन फिल्ममा देखिन थालेका उनका पछिल्ला दुई फिल्म 'चेन्नइ एक्सप्रेस' र 'ह्याप्पी न्यू इयर'ले बक्स अफिसमा कमार्इको नयाँ रेकर्ड बनाएका थिए । 
 
८. एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आशिर्वाद बिना यो उचार्इमा पुग्ने उनि एकमात्र भारतिय कलाकार हुन् ।
 
९. फिल्म, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमार्इ अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनि विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन । 
 
१०. शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाइ गरेका थिए ।