मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमेशलाई ‘मेला’ले देला राहत ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/02
 
केही वर्ष अगाडि नायिका नीता ढुंगानाको प्रेममा रहँदा खुब चर्चा थियो नायक आमेश भण्डारीको । नीतालाई आवश्यक परेको खण्डमा आफ्नो एक किड्नी समेत दिने बचन दिएका आमेश अहिले एक्लो जीवन विताइरहेका छन् । यी दुई नदीका दुई किनार भएको झण्डै १ वर्ष भैसकेको छ । आमेश र नीताले 'तँ म र ऊ' र 'फूलै फूलको मौसम तिमीलाई' फिल्ममा एकसाथ काम गरेका थिए । 
 
प्रेमको तिखो काँडा निकालेर आफ्नो फिल्मी करिअर बचाउन दिलोज्यान दिएका आमेश अभिनित तेस्रो फिल्म ‘मेला’ यही कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । पहिलो र दोस्रो फिल्म फ्लप भएपछि अहिले आमेश ‘मेला’बाट आशावादी छन् । उनका लागि यो फिल्म हिट हुन अत्यन्त आवश्यक छ । पहिलो र दोस्रो फिल्मले दिएको फ्लप हिरोको छाप उनलाई ‘मेला’बाट मेटाउनु छ । तर, फिल्मको सुस्त प्रचार-प्रसारले आमेशलाई राम्रै तनाब दिएको छ । 
 
फिल्ममा आमेशका अलावा सलोन बस्नेत, अशिष्मा नकर्मी लगायतका कलाकारले अभिनय गरेका छन् । आमेशलाई मात्र होइन यो फिल्म नायिका अशिष्माका लागि पनि हिट हुन जरुरी छ । यसअघि उनी अभिनीत 'संरक्षण', 'राधे', 'अर्धकट्टी', 'तोरी लाहुरे' लगायतका फिल्म फ्लप जो भइसकेका छन् । नायक सलोन भने 'ए मेरो हजुर २' को सफलतापछि गमक्क छन् । 
 
राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा अष्ट महर्जनको द्धन्द्ध र हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ । हरि पन्त प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् ।