मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

यसरी जन्मिएको थियो ‘फाटेको जुत्ता’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/01
 
निर्माता अर्जुन कुमार र निर्देशक निकेश खड्का
 
वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’ प्रदर्शनमा आउन अब एकदिन मात्र बाँकी छ । 'आई एम सरी' गीत र ट्रेलरले नेपाली बजारमा फिल्मको हाइप मेन्टेन गरिरहेको छ । सौगात मल्ल, प्रियंका काकी, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 
 
‘फाटेको जुत्ता’ नाम आफैमा अनौठो छ । जो कोहीले यो नाम पहिलो पटक सुन्दा आश्चर्य मान्छन्। तर, फिल्मको नामले आम मानिसको जिन्दगीको कथा बोल्छ । आखिर कसरि जुरेको थियो ‘फाटेको जुत्ता’को नाम ? जुन दिन यो फिल्मको नामाकरण गरिएको थियो त्यो दिन नेपाल बन्द थियो । निर्माता अर्जुन कुमार र कलाकार आमिर गौतम काठमाडौं फर्किन नपाएपछि पोखरामा अड्किएका थिए । यस्तैमा आमिरले भने, ‘यार जिन्दगी त फाटेको जुत्ता जस्तो भयो । फाल्न पनि माया लाग्छ अनि लाउँ भने मान्छेले जिस्काउँछन् ।’ 
 
आमिरको यो उजाड र बैरागलाग्दो कुरा सुनेपछि अर्जुनको मनमा ‘फाटेको जुत्ता’ नाममा फिल्म बनाउने सोच पलायो । अनि अर्जुनले आमिरलाई भने, ‘म यो ‘फाटेको जुत्ता’ नाममा फिल्म बनाउँछु ।’ फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा अर्जुनले भने, ‘त्यसबेला हामीकहाँ फिल्मको स्टोरी थिएन । 'चपली हाइट' रिलिजभन्दा एक हप्ता अगाडि हामी पोखरा गएका थियौ । काठमाडौं आएपछि हामीले 'फाटेको जुत्ता'को स्टोरी खोज्न थाल्यौ । फिल्मको स्टोरी छान्न मात्र हामीलाई ५ वर्ष लाग्यो ।’ 
 
यता, निर्देशक निकेश खड्का पनि हातमा स्क्रिप्ट बोकेर दिलखोलेर खर्च गर्ने निर्माता खोजिरहेका थिए । यस्तैमा उनको भेट अर्जुन कुमारसँग भयो । फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निकेशले भने, ‘मैले अर्जुन दाईलाई फिल्मको स्टोरी सुनाएँ । उहाँले वान लाइन स्टोरी नै मन पराउनुभयो । त्यसपछि फिल्मको काम सुरु गर्‍यौं । हामीले फिल्मको नाम अनुसार पात्रलाई पर्दामा प्रस्तुत गरेका छौ ।’ 
 
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । ‘फाटेको जुत्ता’मा दयाहाङ राई र वर्षा राउत केमियो भूमिकामा छन् ।