Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा नीताले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2017/10/31
 
नायिका नीता ढुंगाना सान फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा आयोजित “सान फ्रान्सिस्को चलचित्र महोत्सव” मा नीता अभिनित फिल्म ‘पञ्चायत’ले विदेशी भाषाको 'उत्कृष्ट फिल्म' विधामा र 'उत्कृष्ट मुख्य अभिनेत्री' विधामा पुरस्कार जित्न सफल भएको हो । 
 
‘पञ्चायत’मा किशोरीको भूमिकामा देखिएकी नीताको सशक्त अभिनयकै कारण अन्तर्राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान गरिएको हो । यही महोत्सवमा सहभागी हुनका लागि नीता केहीदिन अगाडि मात्र अमेरिका पुगेकी थिइन् । ५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ लाई शिवम अधिकारीले निर्देशन गरेका हुन् । 
 
फागुन १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा नीताका अलावा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ। फिल्मका कार्यकारी निर्माता रवि अधिकारी हुन् । 
 
‘पञ्चायत’लाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।
Most Visited News (monthly)