मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फाटेको जुत्ता’मा दयाहाङको देवी अवतार

फिल्मीखबर, काठमाण्डौ, 2017/10/31
 
वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’ प्रदर्शनमा आउन अब तीन दिन मात्र बाँकी छ । कात्तिक १७ गतेबाट यो फिल्म देशभरका हलहरुमा सोलो रिलिज हुँदैछ । 'आई एम सरी' बोलको गीतका कारण पनि चर्चामा रहेको यो फिल्मको सबैलाई चकित पार्ने एउटा पोष्टर रिलिज भएको छ, जसमा नायक दयाहाङ राई फिचरिङ छन् । 
 
पोष्टरमा दयाहाङलाई देवीको अवतारमा देख्न सकिन्छ । यसअघि कुनैपनि फिल्ममा उनको यो रुप दर्शकले देख्न पाएका थिएनन् । दयाहाङ फिचरिङ यो पोष्टरले पनि दर्शकमाझ फिल्मप्रति कौतुहलता झन बढाएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा दयाहाङले प्रियंका कार्कीलाई गाडीमा राखेर भगाएको दृश्य पनि देख्न सकिन्छ । यो फिल्ममा दया र वर्षा राउत केमियो भूमिकामा छन् । 
 
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई 'जिन्दगी रक्स'का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
 
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।