मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिललाई ‘पिंजडा’को भर !

फिल्मीखबर, काठमाण्डौ, 2017/10/30
 
'एक्सन स्टार'को रुपमा परिचित नायक निखिल उप्रेतीको केहीवर्ष अगाडिसम्म नेपाली फिल्ममा राम्रै चमक थियो । सयभन्दा बढी फिल्ममा अभिनय गर्दै-गर्दा उनले केहीवर्ष नेपाली फिल्ममा आफ्नो एकलौटी वर्चश्व पनि जमाएका थिए । तर, अब समय फेरिएको छ । एक समयका सुपरस्टार निखिल उप्रेती अहिले एउटा हिट फिल्मका लागि भौतारिएका छन् । 
 
लगातार हिट फिल्मको संख्या बढ्दै थियो, हातमा एकपछि अर्को फिल्म छुटेका थिएनन्, यस्तैमा निखिलले नायिका सञ्चिता लुईटेलसँग दोस्रो विवाह गरेर भारत पसे । झण्डै ४ वर्षसम्म उनी भूमिगत बसे । मनमा अभिनयको हुटहुटीले उनलाई फेरि नेपाली फिल्ममा फर्कायो । उनको कमब्याक फिल्म थियो 'भैरब' । यही फिल्मबाट उनले फिल्म निर्देशनमा हात हालेका थिए । 
 
वर्षौपछि निखिलको फिल्म हलमा लाग्दा दर्शकको भिड टिकट काउन्टरमा गज्जबले लाग्यो । 'भैरव'को सफलतापछि उनले 'लुटेरा', 'किंग', 'राधे', 'निर्भय' र 'रुद्र' फिल्ममा काम गरे । तर, यी कुनैपनि फिल्मबाट निखिलले सफलताको झण्डा गाड्न सकेनन् । कुनै समय फल्प फिल्मसँग खासै भेट गर्नु नपरेका निखिललाई पछिल्लो समय फल्प फिल्मले मात्र काखी च्यापिरहेको छ । 
 
अहिले निखिलमाथि दर्शकको आरोप छ- उनी कथावस्तु सही छनोट गर्न सकिरहेका छैनन् । हुनत, निखिल प्रत्येक फिल्मको प्रचार प्रसारको क्रममा यो भन्न चाँहि विर्सदैनन् कि म आफ्नो भूमिका र कथावस्तु हेरेर मात्र फिल्म साइन गर्छु । तर, उनले प्रत्येक फिल्मको प्रतिक्रियामा दर्शकबाट फिल्मको कमजोर कथावस्तु नै पाउँछन् । अब निखिलले यो बुझ्न आवश्यक छ कि सधै स्टारडमले फिल्म चल्दैन, त्यसका लागि फिल्मको कथा र कथाभित्रको कथा बलियो हुन आवश्यक छ ।
 
हाल उनी आफ्नै निर्माण, अभिनय र निर्देशनमा निर्माण भैरहेको फिल्म 'कमिटमेन्ट सिक्स्टी आवर्स'को काममा व्यस्त छन् । यस्तै, उनी अभिनित नयाँ फिल्म 'पिंजडा व्याक अगेन' माघ ४ गतेबाट प्रदर्शनमा आउँदैछ । 'कमिटमेन्ट'को भने प्रदर्शन मिति घोषणा गरिएको छ । डेब्यू फिल्म 'पिंजडा'ले निखिललाई स्टार बनाएको थियो अब उनी यसको नेम सिक्वेलबाट ओरालो लाग्दै गएको स्टारडम बचाउने कसरतमा छन् । 
 
आशा गरौं, 'पिंजडा व्याक अगेन'ले फेरि निखिलको हिट नायक बन्ने सपना पूरा गर्नेछ ।