मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दाइजो प्रथामाथि ‘झोला’ निर्देशकले बनाए ‘भोर’

फिल्मीखबर, काठमाण्डौ, 2017/10/30
 
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म 'झोला'का निर्देशक यादवकुमार भट्टराईले गुपचुप रुपमा नयाँ फिल्म 'भोर' (फर्स्ट लाईट) को छायांकन सकाएका छन् । मध्य पुर्वी नेपालको जनकपुरमा छठ पर्वको अबसरमा पत्रकार सम्मेलन गर्दैै निर्माण टीमले फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी गरायो । 
 
निर्देशक भट्टराईले मैथिली भाषीहरुको बाहुल्यता भएको ठाउँमा उनिहरुकै समाजको समस्यालाई चित्रित गर्दै ‘भोर’ निर्माण गरेको बताए । मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई फिल्ममा समेटिएको छ । यो फिल्ममा अधिकांश मैथिली भाषी कलाकारहरुको अभिनय छ । कृष्ण धारावासीको कथामा निर्माणाधीन यो फिल्मको निर्देशन यादव कुमार भट्टराईले गरेका हुन् । 
 
देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता राज तिमिल्सिना र रामगोपाल थापा हुन् । 'झोला' फिल्मको सफलतापछि आफूमाथि एउटा सफल फिल्म बनाउनु पर्ने दबाब परेको बताउँदै निर्देशक भट्टराईले मधेशको सबैभन्दा ठूलो समस्या दाइजोको विकृत रुपलाई फिल्मको माध्यमले सम्पूर्ण नेपालीलाई देखाउन अघि सरेको बताए । फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् । 
 
 
वरिष्ठ साहित्यकार कृष्ण धारावासीको लेखनमा तयार भएको फिल्मको पटकथा निर्देशक भट्टराईले नै लेखेका छन् । फिल्ममा मुख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर छन् । यस्तै, मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारको पनि फिल्ममा अभिनय छ ।