मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तिमी सँग’को इन्डक्ल्याप, साम्राज्ञी र आकाशको जोडी पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2017/10/30
 
डेब्यू फिल्म 'ड्रिम्स'ले चर्चामा ल्यायो अनि दोस्रो फिल्म 'ए मेरो हजुर २' बाट सर्वाधिक लोकप्रिय नायिका बनेकी साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला तेस्रो फिल्म ‘तिमी सँग’को काममा व्यस्त छिन् । हुनत, यतिबेला उनी 'इन्टु मिन्टु लण्डनमा' फिल्मको छायांकनका लागि बेलायतमा हुनु पर्ने हो, तर भिषा अस्वीकृत भएपछि उनी अहिले नेपालमा नै छिन् । 
 
साम्राज्ञी लण्डन जाने भएपछि ‘तिमी सँग’को केही प्रतिशत छायांकन रोकिएको थियो । फिल्ममा उनी मुख्य भूमिकामा छिन् । बेलायती दूतावासले भिषा अस्वीकृत गरेपछि उनले आफू अभिनित फिल्म ‘तिमी सँग’को सम्पूर्ण छायांकन सकाएकी छिन् । फिल्मको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै ‘तिमी सँग’को छायाँकन सकिएको हो । 
 
 
फिल्ममा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुसेन लगायतका कलाकारहरुमो मुख्य भुमिका छ ।  प्रेमकथात्मक फिल्मको टाइटल सङको छायांकन बेस क्याम्पमा गरिएको हो । टुरिष्ट गाइडको प्रेमकथा बाल्ने फिल्मप्रति साम्राज्ञी निकै आशाबादी छिन । निर्देशक शिशिर राणाले नेपाली फिल्ममा अन्नपुर्ण बेस क्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुस गरेका छन् ।