मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

१५० करोडको ‘ब्रह्मास्त्र’मा रणवीर र आलिया

एजेन्सी, मुम्बई, 2017/10/30
 
पछिल्लो पटक फिल्म 'जग्गा जासूस'मा देखिएका बलिउड स्टार रणवीर कपूर चाँडै सञ्जय दत्तको बायोपिकमा देखिँदैछन् । योसँगै उनको झोलीमा अर्को फिल्म परेको छ,‘ब्रह्मास्त्र’ । यो फिल्म आफ्नो ठूलो बजेटका कारण लाइमलाइटमा बनेको छ ।  
 
मिड डेको खबरका अनुसार, करण जोहरको यो फिल्म १५० करोडमा बन्नेछ । फिल्ममा रणबीर कपूर, आलिया भट्ट र अमिताभ बच्चन मुख्य भूमिकामा देखिनेछन् । फिल्मको नाम करणले ट्वीटरमार्फत फ्यानलाई यसअघि नै जानकारी दिएका थिए । उनले फिल्मको प्रदर्शन मिति १५ अगस्ट, २०१९ मा हुने पनि घोषणा गरेका छन् । 
 
यो फिल्ममा रणबीर कपूर एक सुपर हिरोमा भूमिकामा देखिँदैछन् । ‘ब्रह्मास्त्र’मा टेलिभिजन शो नागिनबाट घर घरमा चर्चित भएकी मौनी रोयको पनि प्रमुख भूमिका हुनेछ । हाल मौनी अक्षय कुमारको फिल्म 'गोल्ड'को काममा व्यस्त छिन् ।