मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमोशन छाडेर व्वाइफ्रेण्ड भेट्न भारतमा प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2017/10/29
 
कात्तिक १७ गतेबाट नायिका प्रियंका कार्की अभिनित फिल्म 'फाटेको जुत्ता' प्रदर्शनमा आउँदैछ । प्रियंका र सौगात मल्लको फिल्ममा मुख्य भूमिका छ । तर, फिल्म प्रदर्शनमा आउन एक हप्ता पनि बाँकी नरहँदा प्रियंका भने नेपालमा छैनन् । फिल्मकी प्रमुख पात्र नै प्रचार-प्रसार छाडेर वेपत्ता हुँदा यतिबेला 'फाटेको जुत्ता' यूनिट तनाबमा देखिएको छ । 
 
आखिर कता गइन् त प्रियंका ? केहीदिन अगाडि दाँत दुखेको कारण देखाउँदै एकैदिन विहान 'शत्रुगते'को मुहर्त समारोहमा उपस्थित नभएकी प्रियंका दिउँसो भने केकी अधिकारीको फिल्म 'कोहलपुर एक्सप्रेस'को घोषणा सभामा सहभागी भएकी थिइन् । प्राप्त जानकारी अनुसार, प्रियंका 'शत्रुगते'को छायांकनका लागि विरगञ्ज जाने भन्दै भारतमा रहेका प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग भेट गर्न भारत प्रस्थान गरेकी छन् । 
 
प्रियंकाले आफ्नो प्रेमीसँगका केही तश्वीर इन्ट्राग्राममा पनि शेयर गरेकी छिन् । एकतिर फिल्म 'शत्रुगते'को छायांकन अनि अर्कोतिर 'फाटेको जुत्ता'को प्रमोशन, प्रियंकालाई यतिबेला दौडधुप हुनु पर्ने हो तर उनी व्वाइफ्रेण्डसँग भारतमा मस्ती गरिरहेकी छिन् । कलाकारले फिल्मको प्रचारमा वेवास्ता गर्दा यसको स्वयंम घाटा कलाकारलाई नै हुन्छ । 
 
 
कति निर्माता तथा निर्देशकको त कलाकारसँग यहि बिषयमा झगडा समेत हुँदै आएको देख्न र सुन्न पाईन्छ । कुनै पनि किसिमको उदघाटनमा रिबन काट्न र प्रेम-प्रेमिकासँग मस्ती गर्न फुर्सद पाउने कलाकारले आफ्नै फिल्मको प्रचारमा हिँड्न किन हिचकिचाउँछन् ? के फिल्मको प्रचारमा साथ दिनु कलाकारको धर्म होइन र ?