मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालअघि अष्ट्रेलियामा ‘ह्याप्पी न्यु ईयर’

फिल्मीखबर, काठमाण्डौ, 2017/10/29
 
फिल्म ‘ह्याप्पी न्यु ईयर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । पुष १४ गतेबाट नेपालभर प्रदर्शन हुने यो फिल्म डिसेम्बर १५ अर्थात्, नेपाली मिति अनुसार मंसिर २९ गते अष्ट्रेलियामा ‘ह्याप्पी न्यु ईयर’को भब्य प्रदर्शन हुने फिल्मका नायक तथा निर्माता कुशल थापाले जानकारी दिए । 
 
नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेको यो फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा नै गरिएको हो । फिल्मका लाइन प्रोड्युसर अष्ट्रेलियाका फिल्म मेकर मनोज अधिकारी हुन् । यो फिल्म नयाँ वर्षको दिन घटेको एक घट्नाको परिधिमा रहेर निर्माण भएको हो । देवकुमार श्रेष्ठ निर्देशित यो फिल्मको टीजर र एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ । 
 
 
लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।