मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यूरोपमा खिचियो गौरव र पबित्राको ‘होलिडे’

फिल्मीखबर, काठमाण्डौ, 2017/10/29
 
निर्देशक बसन्त निरौला निर्देशित नयाँ फिल्म ‘होलिडे’को सम्पूर्ण छायांकन सकिएको छ । कमेडी ड्रामा जनरामा बनेको ‘होलिडे’मा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्ममा पहिलो पटक नायिका आचार्यले सोलो अभिनय गरेकी छन् ।
 
यूरोप, फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा छायांकन गरि कलाकारहरुको टीम नेपाल फर्किसकेको छ भने निर्माण टीम भने केही दिनमा फर्किने निर्देशक निरौलाले बताए । निर्देशकसहित नौ जनाको टीम फिल्म छायांकनको लागि चालिस दिन अगाडी यूरोप पुगेको थियो । यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए ।
 
 
बि.एन. फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् । यस्तै, दिनेश कालिराज कार्यकारी निर्माता हुन् । फिल्मलाई अभिमन्यू निरबीले लेखेका छन् भने युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको छ ।