Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

खुलासा : ‘लम्फू’मा तरकारीवालीको अभिनय

फिल्मीखबर, काठमाण्डौ, 2017/10/29
 
करीब १ वर्ष अगाडि 'तरकारीवाली'को नामले सामाजिक संजाल र मिडियामा चर्चा पाएकी गोरखाकी कुसुम श्रेष्ठले फिल्म ‘लम्फू’मा अभिनय गरेको बताएकी छिन् । गोपालचन्द्र लामिछाने निर्देशित यो फिल्ममा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् ।
 
यसै वर्ष प्रदर्शनमा आउने ‘लम्फू’मा आफूले निर्वाहा गरेको भूमिकाको विषयमा भने उनले खुलाउन चाहिनन् । 'तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’, कुसुमले भनिन् । यो फिल्मको छायांकन अघिल्लो बर्ष नै भएको थियो तरपनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । कुसुमले फिल्ममा अभिनय गरेबापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताईन् । 
 
उनले अगाडि भनिन्, 'म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो । मलाई समाजले अनपेक्षित रुपमा यति धेरै कुरा दियो । मैले पनि समाजको लागि केहि गर्नुपर्छ भन्ने लागेर अनाथ-असहाय बालबालिकामा खर्च गरेकी हुँ । यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु’ । चितवनको रत्ननगरमा शिक्षण पेशामा रहेका कुसुमका काका गोपीलाल श्रेष्ठले छोरीको सामाजिक कार्यको सोचले आफु निकै हर्षित भएको बताए ।
 
 
गोपीलालका अनुसार, भाईरल भएको एक बर्षभित्र कुशुमलाई धेरै प्रकारका अफरहरु आएका थिए । एक दर्जन जति फिल्म, उत्तिकै संख्यामा म्यूजिक भिडियो, विज्ञापन, मोडलिङ तथा सरकारी तवरबाट पनि धेरै अफरहरु आएको श्रेष्ठले बताए । शुरुमा फिल्ममा अभिनय गर्ने सोच नबनाएको बताएपनि ‘लम्फू’ टीमको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्रीसम्म निःशुल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको कारण कुसुमले अभिनय गरेको उनले बताए । 
 
पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको 'लम्फू'मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
Most Visited News (monthly)