Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फाटेको जुत्ता’ले बाँड्यो २७५ जनालाई नयाँ जुत्ता

फिल्मीखबर, काठमाण्डौ, 2017/10/29
 
कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’मा समावेश 'आई एम सरी' बोलको गीत यतिबेला निकै चर्चामा छ । गीतसँगै ट्रेलरका कारण पनि फिल्मले सिनेबजारमा राम्रै हाइप बनाएको छ । यस्तैमा फिल्मको प्रचार-प्रसार आक्रामक बनाउन निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा पोस्ट गरेर ट्याग गर्ने २ सय ५० जनालाई हरेक हप्ता नयाँ जुत्ता उपहार दिने ‘स्किम’ ल्याएको थियो ।
 
त्यो योजनाअन्तर्गत शनिवार राजधानीमा एक कार्यक्रमका बिच २ सय ७५ जनालाई फिल्मका नायक सौगात मल्ल र नायिका वर्षा राउतले नयाँ जुत्ता प्रदान गरे । फिल्मको नयाँ जुत्ता उपहार योजनामा गोल्डस्टार कम्पनीले सहकार्य गरेको छ । फिल्मका निर्माता अर्जुन कुमारका अनुसार, कार्यक्रममा फाटेको जुत्ता लगाएर आउने व्यक्तिलाई पनि नयाँ जुत्ता दिइएको थियो । 
 
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई 'जिन्दगी रक्स'का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
 
 
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् । 
Most Visited News (monthly)