Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कति कमायो अजयको ‘गोलमाल अगेन’ले ?

एजेन्सी, मुम्बई, 2017/10/29
 
निर्देशक रोहित शेट्टीको फिल्म ‘गोलमाल अगेन’ले यतिबेला बक्स अफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । 'बाहुबली २' पछि गोलमाल अगेन हिन्दीको दोस्रो ठूलो विजनेश गर्ने फिल्म बनेको छ । यो फिल्मले दोस्रो हप्ताको सुरुवात अर्थात् शुक्रवारसम्ममा भारतीय बजारबाट कूल १ सय ४३ करोड ग्रस कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत जानकारी दिए । 
 
फिल्मको कलेक्सन अझै रोकिने छाँटकाट देखिएको छैन । फिल्मका निर्माताका अनुसार, गोलमाल अगेनले १५० करोडको आँकडा छोइसकेको छ । वरुण धवनको 'जुडवा २' लाई पछाडि छोड्दै यो फिल्मले कमाईको मामलामा दोस्रो स्थान बनाएको हो । ‘गोलमाल अगेन’ले एकदिन अघि रिलिज भएको आमिर खानको फिल्म 'सिक्रेट सुपरस्टार'लाई पनि टाट पल्टाएको छ । 'सिक्रेट सुपरस्टार'ले हालसम्ममा ५० करोड कलेक्सन गरेको भारतीय मिडिया बताउँछन् । 
 
यो प्रदर्शनले ‘गोलमाल अगेन’को पूरा टिम खुशी देखिएको छ । फिल्ममा अजय देवगन, कुणाल खेमू, अरशद वारसी, तुषार कपूर, श्रेयष तलपडे, तब्बू र परीणीति चोपडा मुख्य भूमिकामा छन् । यो फिल्मको सफलतापछि रोहित शेट्टी फिर गोलमाल बनाउने तयारीमा जुटेका छन् ।
 
Most Visited News (monthly)