Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’बाट दीपिकाले देखाइन् संभावना

फिल्मीखबर, काठमाडौं, 2017/10/28
 
नेपाली फिल्ममा नव-प्रवेशी कलाकारको भिड दिन प्रतिदिन बढ्दो छ । कतिका लागि पहिलो फिल्मबाटै फलिफाप नै फलिफाप भएको छ भने कतिका लागि डेब्यू फिल्म नै अभिसाप बन्न पुगेका छन् । आज हामीले यो प्याकेजमा फिल्म ‘ऐश्वर्य’बाट नेपाली रजतपटमा डेब्यू गरेकी नव–नायिका दीपिका प्रसाईंको कुरा गर्न लागिरहेका छौ । कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’बाट सबैभन्दा बढी संभावना दीपिकाले देखाएकी छिन् । 
 
फिल्ममा समावेश 'तिमी रोएको पल' बोलको गीत र ट्रेलरबाटै दीपिकाको तारिफ भएको थियो । फिल्म रिलिज भएपछि त झन उनको चर्चाले आकाश छोएको छ । फिल्म ‘ऐश्वर्य’ ले दर्शकहरुबाट मिश्रित प्रतिक्रिया बटुलेपनि सबैभन्दा बढी तारिफ नव—नायिका दीपिकाले पाइरहेकी छिन् । उनको डाइलग डेलिभरी, सुन्दरता र अभिनयको अहिले सबैभन्दा बढी प्रशंसा भैरहेको छ । 
 
फिल्मको सबैभन्दा बलियो पक्षमध्ये दीपिकाको अभिनय पनि एक हो । हुनत, दीपिकाले सुधार गर्न अझै पनि धेरै बाँकी छ । तर, तपाइले यो फिल्म हेर्ने एउटा कारण, नव–नायिका दीपिका पनि हुन सक्छिन् । नेपाली फिल्ममा आफ्नो करिअर सुरक्षित गर्न केहि मिहिनेत गरेको खण्डमा उनलाई नेपाली चलचित्रले संभावना बोकेकी नायिकाको रुपमा हेर्न सक्नेछ । 
 
फिल्मको मेकिङ र सिनेम्याट्रोग्राफरलाई पनि दर्शकले अब्बल भनेका छन् । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । 
Most Visited News (monthly)