Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करणको फिल्म खेल्न प्रभासले मागे २० करोड

एजेन्सी, मुम्बई, 2017/10/27
 
‘बाहुबली’ बनेर दुनियाँको दिल जितेका अभिनेता प्रभासको बलिउड इन्ट्रीमा निकै अफ्ठ्यारो परिरहेको छ । खासमा, फिल्म डाइरेक्टर करण जोहरले प्रभासलाई आफ्नो नयाँ बलिउड प्रोजेक्टमा लञ्च गर्न मानेनन् । एसएस मौलीको 'बाहुबली'पछि प्रभास सुपरस्टार बनेका हुन् । यो फिल्मको हिन्दी भर्जनको डिस्ट्रीब्यूशन राइट्स करण जोहरको प्रोडक्शन कम्पनी धर्मालाई मिलेको थियो । 
 
यसपछि करणले प्रभासलाई बलिउडमा डेब्यू गराउने निर्णय गरेका थिए । स्रोतका अनुसार, प्रभासले करणसँग भारतीय २० करोड पारिश्रमिको रुपमा मागेका छन् । तर, करणले उक्त रकम दिन नसक्ने बताएपछि प्रभासको बलिउड डेब्यूमा अवरोध श्रृजना भएको हो । बलिउडका धेरै सुपरस्टारका लागि प्रभासको पारिश्रमिकले होस् उडाउन सक्छ । 
 
'बाहुबली'पछि प्रभास आफ्नो स्टारडम देखाएर निर्माताबाट महंगो पारिश्रमिक लिइरहेका छन् । एक अंग्रेजी अखबारका अनुसार, करण जोहरले प्रभासलाई बलिउडमा लञ्च गर्न सबै तयारी गरिसकेका थिए । उनले प्रभाससँग कुरा पनि गरेका थिए, तर प्रभासले यो प्रोजेक्टका लागि यतिधेरै पारिश्रमिक मागे कि करण जोहर चुपचाप लागे । 
Most Visited News (monthly)