Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.75/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’को सुखद ओपनिङ, एकदिने कलेक्सन कति ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/27
 
कार्तिक ९ अर्थात् छठ पर्वको दिनबाट देशव्यापी प्रदर्शनमा उत्रिएको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ले सुखद ओपनिङ गरेको छ । लामो समय अभिनयमार्फत लाखौ प्रशंसक कमाएका रमेश उप्रेतीले निर्माणमा डेब्यू गरेको फिल्मलाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन अर्थात्, बिहीवार नै फिल्मलाई बिहानी शोमा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको छ । 
 
यस्तै, काठमाडौंका मल्टिप्लेक्स क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, एफक्युब लगायत गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलका मुख्य स्टेसन पोखरा, नारायणगढ, हेटौडा र पुर्वका स्टेसनमा पनि फिल्म हाउसफुल भएको थियो । वितरक कम्पनी डिसिएनले दिएको जानकारी अनुसार, प्रदर्शनको पहिलो दिन फिल्मले देशभरबाट कूल ४८ लाख १६ हजार ६ सय ८२ ग्रस कलेक्सन गरेको छ । 
 
 
विशेष गरि दर्शकहरुले फिल्मको मेकिङलाई रुचाएका छन् । नायिका केकी अधिकारी, नव-नायिका दीपिका प्रसाई र खलपात्र प्रशान्त ताम्राकारको अभिनयको पनि सर्वत्र तारिफ भएको छ । रमेशले पनि अघिल्ला फिल्मभन्दा राम्रो गरेको प्रतिक्रिया पाए । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । 
 
संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको 'तिमी रोएको पल' गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ । नायक रमेश उप्रेती फिल्मको आक्रामक सुरुवातले खुशी देखिएका छन् । उनी भन्छन्, ‘मैले दर्शकले हेर्न चाहेको फिल्म बनाएको महसुस भएको थियो, जसलाई रिलिज भएसंगै दर्शकले प्रस्ट्याईदिनु भयो । फिल्म हेरेपछि मलाई अल नेपालबाट नै सकारात्मक प्रतिक्रिया आएको छ ।’
 
 
यस्तै, नव-नायिका दीपिका प्रसाईले भनिन्, ‘मलाई डेब्यु फिल्मै जसरि मन पराईदिनु भयो त्यसले थप हौसाएकी छु । मलाई टिमले गर्नु भएको विश्वास पनि आज सार्थक भएको छ ।’ नायिका केकी अधिकारीले पनि दर्शकबाट पाएको प्रतिक्रियाबाट खुशी भएको बताइन् । फिल्मका अर्का कलाकार प्रशान्त ताम्राकारले आफूलाई भिलेनको भूमिकामा पनि रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । 
Most Visited News (monthly)