Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हुर्रे’को फस्ट लुकमा अनुपको यस्तो लुक्स !

फिल्मीखबर, काठमाण्डौ, 2017/10/27
 
फिल्म ‘हुर्रे’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमार्फत पात्र परिचय गराइएको छ । पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी , राजाराम पौडेल, अंकित खड्का फिचरिङ छन् । 
 
फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । पोष्टरसँगै ‘हुर्रे’को प्रदर्शन मिति फागुन २५ गतेलाई घोषणा गरिएको छ ।  
 
पोष्टरमा अनुपलाई 'ह्यान्डसम पण्डित'को अवतारमा देख्न सकिन्छ । 'कमलेको बिहे'मा पनि उनले शास्त्री (पण्डित)को भूमिका निर्वाहा गरेका छन् । कमेडी जनरको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ । 
 
दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सह-निर्माताको रुपमा अरुण सेदाई रहेका छन् । 
Most Visited News (monthly)