मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेला’ गीत : आमेषको मुटुमा अशिष्माको बास

फिल्मीखबर, काठमाण्डौ, 2017/10/26
 
कात्तिक २४ गतेलाई रिलिज डेट बुक गरिएको फिल्म ‘मेला’को रोमान्टिक गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण यूनिटले फिल्ममा समावेश 'यो मुटुमा अब तिम्रो' बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा नायक आमेष भण्डारी र नायिका अशिष्मा नकर्मी फिचरिङ छन् । 
 
पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर रहेको गीतमा अहिलेका चर्चित संगीतकार तथा गायक अर्जुन पोखरेलको शब्द/संगीत सुन्न सकिन्छ । गीतमा नायक आमेश र अशिष्मा एक-अर्काभित्र हराएर आफ्नो जिन्दगी खास बनाउने कुरा गर्दैछन् । भिडियोको कोरियोग्राफर पवित्रा आचार्य हुन् । 
 
सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा अष्ट महर्जनको द्धन्द्ध र हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ । हरि पन्त प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् ।
 

गीत हेर्नुहोस् :-